हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १०:५५
काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती, कोशी र गण्डकी प्रदेशका विभिन्न ठाउँमा अहिले पानी परिरहेकाे छ ।
भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
113
Shares