१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभरका ११ सडक अझै पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

प्रकाशित मिति :  १७ आश्विन २०८१, बिहीबार १२:३१


काठमाडाैं । केही दिनअघिकाे अविरल वर्षापछि आएकाे बाढी र पहिराेबाट अवरुद्ध केही सडक तथा राजमार्ग खुल्न बाँकी रहेकाे नेपाल प्रहरीले जनाएकाे छ ।सडक तथा राजमार्गहरूको अवस्थाबारे बिहीबार जानकारी दिँदै नेपाल प्रहरीले बाढी र पहिराेबाट अवरुद्ध केही सडक तथा राजमार्ग खुले पनि ११ वटा सडक अझै पूर्ण रुपमा ठप्प रहेका जनाएकाे छ ।

काठमाडौं उपत्यका अन्तर्गत दक्षिणकाली नगरपालिका-८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ  । ललितपुरको गोदवारी नगरपालिका-६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी रुपमा खुलेकाे प्रहरीले जनाएकाे छ ।

मकवानपुर-कुलेखानी-मार्खु सडक, भिमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडक, सिस्नेरी-दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् ।  बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएकाे छ ।

बाह्रबिसे-ताताेपानी सडक पूर्ण रुपमा अवरुद्ध छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !