२८ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपतिद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार १५:१७


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बुधबार प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

संघीय संसद्‌का दुवै सदनकाे बैठकबाट पारित भएर आएकाे साे विधेयक राष्ट्रपति पाैडेलले प्रमाणीकरण गर्नुभएकाे हाे ।

साे विधेयक अब नेपाल राजपत्रमा प्रकाशित भएपछि ए‍ेनका रुपमा लागू हुनेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !