२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले कुलमान घिसिङलाई सोध्यो स्पष्टिकरण

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार १५:१९


काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले घिसिङलाई १५ बुँदै स्प्रष्टीकरण सोधेको हो । मन्त्रालयले घिसिङसँग विगत ४ वर्षमा प्राधिकरणबाट भए-गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेकाे छ ।

मन्त्रालयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित स्पष्टिकरण दिन र विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण पेस गर्न पनि आग्रह गरेकाे छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !