२८ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल प्रहरीले दशैंमा २ दिन निःशुल्क बस चलाउने, यस्तो छ रूट

प्रकाशित मिति :  २४ आश्विन २०८१, बिहीबार २०:५१


काठमाडौं। नेपाल प्रहरीले बडा दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधा तथा सहज आवतजावतमा लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जनाएकाे छ ।

एउटा बसले रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने र अर्को बसले रिङरोड बाहिरका सर्वसाधरणलाई चढाउनेछ । भाेलि असाेज २५ गते र पर्सी असाेज २६ गते यस्ताे सेवा पाइनेछ । दुबै रुटमा बिहान ८ :३० बजेदेखि अपरान्ह ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

२ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ ।

यस्ताे छ बसको रुट : 


113
Shares

प्रतिक्रिया दिनुहोस !