२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीपी राजमार्ग आजदेखि खुल्ने

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार ०९:४६


काठमाडाैं । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ ।

काठमाडाैं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग बाढीपहिराेका कारण अवरुद्ध भएको थियो । साे राजमार्ग मर्मतको अन्तिम चरणको काम भइरहेको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबादेखि बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएकाे थियाे । बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने कुरा भौतिक पूर्वाधार मन्त्रालयका सचिव इञ्जिनियर केशव शर्माले आफूलाई जानकारी गराउनुभएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभएकाे छ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !