८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

प्रकाशित मिति :  २८ कार्तिक २०८१, बुधबार १४:२४


काठमाडाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् ।

बुधबार जुम्लामा आयाेजित प्रतिष्ठानकाे प्रथम दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित गर्नुभएकाे हाे । समारोहमा उहाँले दीक्षित विद्यार्थीलाई उपाधि प्रदान गर्नुभएकाे थियाे ।

प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जना बीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बाेधन पनि गर्नुभएकाे थियाे ।

दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर लगायतकाे सहभागिता थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !