१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

प्रकाशित मिति :  १ मंसिर २०८१, शनिबार १९:०८


काठमाडाैं । रुकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट राडीतर्फ जाँदै गरेको  प्रदेश ३-०१ ००५ ख ९९६६ नम्बरको बस आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना हुँदा ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ ।

दुर्घटनामा धादिङकाे खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका-६ का २८ वर्षीय भीमबहादुर भुलन, आठबिसकोट-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी, आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उहाँका १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङकाे खेरुवा नगरपालिका-५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड-१२ की २५ वर्षीया किसङकुमारी विक छन् ।

घाइते सबैकाे नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरीले जनाएकाे छ । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप छानबिन भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !