५ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार १०:२३


काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । उहाँलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो ।

लामिछानेलाई पनि काठमाडौं ल्याउने प्रहरीको तयारी छ । अर्का आरोपी कुमार रम्तेललाई यसअघि काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !