५ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयाे

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार ११:५८


काठमाडाैं । साइबर अपराधको कसुरमा पक्राउ परेका विवादास्पख मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत लगिएकाे छ ।

प्रहरीले उनलाई बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

साइबर अपराधसम्बन्धी कसूरमा प्रहरीले उनलाई मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । कागजी पक्रिया मिलाउन ढिलाे भएपछि हिजाे उनलाई अदालतमा पेस गर्न सकिएकाे थिएन ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउँदै प्रसाईंले साेमबार सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।


113
Shares

प्रतिक्रिया दिनुहोस !