१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे ओमानका पूर्व कप्तान मक्सुद

प्रकाशित मिति :  १३ मंसिर २०८१, बिहीबार १६:५३


काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जीशान मक्सुद नेपाल आइपुगेका छन् ।

मक्सुद बिहीबार दिउँसाे काठमाडाैं आइपुगेका हुन् । उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्ल लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

३७ वर्षीय मक्सुदले ७३ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार ३ सय ६९ रन बनाएका छन् । उनले ५१ विकेट पनि लिएका छन् ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवनलाई टोलीमा अनुबन्ध गरेकाे छ ।

कर्णाली याक्सले शिखर र मक्सुनदसहित वेस्ट इण्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायातलाई टाेलीमा अनुबन्ध गरेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरिसकेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटल हिल्टन छ ।

एनपीएल प्रतियोगिता मंसिर १५ देखि काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । प्रतियाेगिता पुस ६ गतेसम्म चल्नेछ ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !