रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा ५ जनाको ज्यान गयाे
प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १४:२६
काठमाडाैं । राेल्पामा पुल निर्माणको लागि बनाएको पर्खाल भत्किँदा ५ जनाको ज्यान गएकाे छ ।्सु
नछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुंगे पुल निर्माणका लागि बनाइएकाे रिटेनिङ पर्खाल भत्किँदा उनीहरुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ ।
ज्यान गुमाउनेमा सुनछहरी-३, बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार छन् ।
जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
339
Shares