नेपाल र चीनबीच आठ विषयमा हस्ताक्षर
प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार ११:३५
काठमाडौँ । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङको ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
452
Shares