एसीसी महिला यु-१९ एसिया कप : नेपाल र श्रीलंकाले अंक बाँडे
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १५:४७
काठमाडौं । मलेसियामा जारी महिला यु-१९ एसिया कपको सुपर-४ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएकाे छ । वर्षाका कारण खेल रद्द भएपछि दुवै टाेलीले १-१ अंक जाेडेका छन् ।
आजको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ राेजेको थियो । नेपालले पहिलो ओभरमै श्रीलंकाको १ विकेट लिएको थियो । तर पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द भयाे । वर्षा नरोकिएपछि दुवै टोलीले अंक बाँडेका हुन्।
यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले १-१ अंक बाँडेका थिए ।
सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर-४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ ।
339
Shares