२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगका रुपमा अपनाऔं- प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  21 December, 2024 11:44 am


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई जीवनशैली बनाएर शारीरिक र मानसिक स्वास्थ्य सबल बनाउन आव्हान गर्नुभएकाे छ ।

विश्व ध्यान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ध्यानबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको हाे । उहाँले भन्नुभएकाे छ – ‘यस अवसरमा म खुशी व्यक्त गर्न चाहन्छु, सबैमा बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु, यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौं, यसबाट लाभ लिऔं ।’

ध्यान मावन जातिको कल्याणका निम्ति भएको भन्दै प्रधानमन्त्री ओलीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोध गर्नुभएको छ । ‘वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगका रुपमा अपनाऔं’- उहाँले भन्नुभएको छ ।

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैं स्वस्थ रहनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

यस दिनलाई प्राचीन कालमा शिवले सप्तऋषिहरुलाई योगका बारेमा बताएको दिनका रूपमा लिइने पनि उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

संयुक्त राष्ट्रसंघले समेत ध्यान दिवसका रूपमा मनाउने निर्णय गरेपछि डिसेम्बर २१ लाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन थालिएको हाे ।

आज वर्षकै सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानले यसलाई शीतकालीन अयनान्त भन्ने गरेको छ। भोलिदेखि क्रमैसँग दिनहरू लामा र रातहरु छोटा हुँदै जान्छन् ।


339
Shares

प्रतिक्रिया दिनुहोस !