राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १५:४७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण गर्नुभएको छ । त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौँ–ललितपुर–मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
–रासस
0
Shares