सडक दुर्घटनामा परि मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह घाइते
प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १०:१२
काठमाडौं । जनकपुरमा सडक दुर्घटनामा परि मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ ।
सोमबार राति ९:३० बजेतिर रामानन्द चोकमा मन्त्री सिंह सवार मधेस प्रदेश ०२– ००१ झ ९१६५ नम्बरको गाडीलाई प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते सिंहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
सिंहको गाडीमा ठक्कर दिने गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको धनुषा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
मन्त्री सिंहलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य स्थिति खतरामुक्त रहेको र घटनाबारे छानबिन गर्ने प्रहरीले जनाएको छ ।
113
Shares