२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भिसा दुरुपयोग गरि बसेका अमेरिकन नागरिकलाई सामान्य सोधपुछ गरि प्रहरीले छाड्यो

प्रकाशित मिति :  २३ माघ २०८१, बुधबार ०९:२०


काठमाडौं । अमेरिकन नागरिक भिसा दुरुपयोग गरि क्रिश्चियन धर्म आबद्ध व्यक्तिको संस्थामा श्रमदान गरि बसेको र निजहरुलाई प्रहरीले पक्राउ गरेर समान्य सोधपुछ गरि छाडिएको पाइएको छ ।

टुरिस्ट भिसामा उनीहरु भिजाको दुरुपयोग गरेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले सामान्य सोधपुछ मात्र गरेर छाडेको पाइएको हो ।

यसरी प्रहरीले पक्राउ गरि सामान्य सोधपुछ गरि छाड्नेमा १७ अमेरिकन नागरिक र एक भारतीय नागरिक दिपक लामा रहेका छन् । उनीहरुलाई धरान ५ स्थित क्रिश्चियन धर्ममा आबद्ध एक व्यक्तिको संस्थाको घर निर्माण गरेको अवस्थमा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु दिनभरी श्रमदान गरेर बस्ने र रातपरेपछि इटहरी स्थित एक होटलमा बस्ने गरेको पाइएको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !