२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सूर्यविनायक नगरपालिकाद्धारा फोहोर व्यवस्थापनमा अनधिकृत शुल्क असुलीबारे चेतावनी

प्रकाशित मिति :  19 March, 2025 11:25 am


भक्तपुर ।  सूर्यविनायक नगरपालिकाले फोहोर व्यवस्थापन सेवामा अनधिकृत शुल्क असुली भइरहेको गुनासो आएपछि कडा चेतावनी जारी गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रको नेप्सेम्याक प्रा.लि. लाई दिएको छ। तोकिएको दररेटअनुसार घर, संस्था तथा सरकारी कार्यालयहरूबाट मासिक शुल्क निर्धारण गरी सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

तर, पछिल्ला महिनाहरूमा नेप्सेम्याक प्रा.लि. का कर्मचारी वा नगरपालिकासँग असम्बन्धित व्यक्तिहरूले अतिरिक्त शुल्क असुलेको तथा काम उठाउने कार्डसमेत वेपत्ता पारिएको गुनासो आएको छ।

नगरपालिकाले कुनै अनधिकृत शुल्क नतिर्न आग्रह गर्दै गैरकानुनी रूपमा शुल्क उठाउने व्यक्ति वा समूह देखिए तुरुन्तै वडाका कार्यालय वा सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

नगरपालिकाले यस प्रकारको गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।

 

 

 


339
Shares

प्रतिक्रिया दिनुहोस !