१३ आश्विन २०८३, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपद् राहत कोषबारे प्रधानमन्त्रीको जवाफको पर्खाइमा छु : सांसद खरेल

प्रकाशित मिति :  29 September, 2026 11:48 am


काठमाडौं । सत्तारुढ रास्वपा सांसद जगदिश खरेल (ललितपुर)ले आफू एउटा विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताएका छन् ।

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ नभई ‘प्रधानमन्त्री विपद् राहत कोष’ भनेर नामाकरण गर्न आफूले आग्रह गरेको र त्यसको जवाफ प्रधानमन्त्रीबाट कुरिरहेको सांसद खरेलको भनाइ छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै खरेलले भने, ‘विपद् दैवीप्रकोप होइन । यो दैवले गराएको होइन । यो प्राकृतिक या मानव सिर्जित हुन्छ ।’

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन हुनुपर्छ भनेर संसद्मा विषय उठाएको स्मरण पनि गरे । ‘यही सदनबाट सम्माननीय प्रधानमन्त्रीज्युलाई मैले आग्रह गरेको थिएँ,’ उनले भने, ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन । प्रधानमन्त्री विपद् राहत कोष भनेर नामाकरण गरियोस् भनेर भनेको थिएँ । त्यसको जवाफको पर्खाइमा म रहेको छु । म यो अनुरोध गर्न चाहन्छु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !