३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बजेट आज चार बजे सार्वजनिक हुने

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ०६:४६


काठमाडौं । संघीय सरकारको बजेट आज अपरान्ह चार बजे सार्वजनिक गरिने भएको छ ।

अपरान्ह चार बजे आर्थिक वर्ष २०७८/७९ को बजेट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको  विभिन्न संचारमाध्यमले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

सरकारको बजेट तथा कार्यक्रम संघीय संसदमा पेश गर्नुपर्ने व्यवस्था छ । तर प्रतिनिधि सभा विघट भएको अवस्थामा सरकारले सञ्चार माध्यम मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !