३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले आगामी आर्थिक वर्षभित्र भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १४:३२


काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षभित्र भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घाेषणा गरेकाे छ ।

आर्थिक वर्ष ०७८-०७९ को बजेट शनिबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने जानकारी दिनुभयाे ।

जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायत काम सम्पन्न गरी आगामी आर्थिक वर्षभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने उहाँकाे भनाइ छ । त्यसका लागि ६८ करोड बजेट  विनियोजन गरिएको मन्त्री पाैडेललेले जानकारी दिनुभयो  । भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !