३० फाल्गुन २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नागरिकता अध्यादेश सुनुवाइ संवैधानिक इजलासमा हुने

प्रकाशित मिति :  4 June, 2021 8:49 am


काठमाडौं । हालै सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

सुनुवाइको लागि वरिष्ठ न्यायाधीश रहेको इजलास गठन भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गर्नुभएको इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । उहाँहरु सबै वरिष्ठताको आधारमा इजलासमा पर्नुभएको हो ।

यस अघि प्रतिनिधि सभा विघटनको मुद्दामा गठन भएको इजलासको बारेमा प्रश्न उठेपछि प्रधानन्याधीशले यो सुनुवाइको लागि वरिष्ठताको आधारमा न्यायाधीश छनोट गर्नुभएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !