नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ११:०८
काठमाडौं । अष्ट्रेलियाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोभिड-१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने स्वास्थ्य सामग्री अष्ट्रेलियाले सहयाेग गरेकाे हाे । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसी जाने भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई ती सामग्री हस्तान्तरण गर्नुभयाे ।
शर्माले सहयाेगका लागि अष्ट्रेलिया सरकारलाई धन्यवाद दिनुभएकाे निक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
ती स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत आजै काठमाडाैं ल्याइएको निर्देशनालयले जनाएको छ । अष्ट्रेलियाले के-के स्वास्थ्य सामग्री सहयोग गरेको हाे भन्नेबारे नेपाली सेनाले केही खुलाएकाे छैन ।
0
Shares