८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सामाजिक सञ्‍जाल दुरुपयोग गरे कडा कारबाही

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार ०९:३८


काठमाडाैं । सामाजिक सञ्‍जाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई कडा कारबाही हुने भएकाे छ ।

सामाजिक सञ्‍जाल दुरुपयोग गर्ने क्रम बढेकाे र त्यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्ने नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार सूचना जारी गरेर चेतावनी दिएकाे छ  ।

फेसबुक, ट्‍‍‍वीटर र युट्युब लगायतमा व्यक्तिकाे फाेटाे दुरुपयाेग गरी फेाटाेसप गरी कानुनले राेक लगाएका सामाग्री, सार्वजनिक शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा र द्धेष फैलाउने उद्देश्यबाट प्रकाशन तथा प्रशारण गर्ने पाइएकाे सूचनामा उल्लेख छ । त्यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्दै आइएकाे उल्लेख गर्दै सूचनामा लेखिएकाे छ – ‘कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा छन्‌ ।’

अहिलेकाे निषेधाज्ञा तथा काेराेना संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता समाग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको भन्दै सूचनामा लेखिएकाे छ – ‘त्यस्ता कार्यहरू नगर्न-नगराउन हुन अनुरोध साथै त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने व्यहोरा समेत जानकारी गराइएको छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !