२९ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै नागरिकलाई चाँडाे खाेप लगाइन्छ- मन्त्री शेरबहादुर तामाङ

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०९:२१


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई चाँडाे नै काेभिड विरुद्धकाे खाेप लगाइने बताउनु भएकाे छ ।

काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिकामा मंगलबार भएकाे कार्यक्रममा मन्त्री तामाङले सबै नागरिकलाई विरुद्धको खोपको व्यवस्थापनका लागि सरकारले प्रयत्न गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हामी खाेप छिट्टै ल्याउनेछाैं, क्रमैसँग सबैलाई लगाउनेछाैं, धेरै पहलकदमी गरिरहेका छौँ, खोप सुनिश्चित गर्नेछौं ।’

खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर लगाइने काम भइरहेकाे उहाँले बताउनुभयाे । पहिलाे डाेज लगाएर दाेस्राे डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि चाँडै खाेप लगाइने तामाङले बताउनुभयाे । आम नागरिकलाई पनि क्रमैसँग खाेप लगाउने कुरामा सरकार प्रतिबद्ध रहेकाे पनि मन्त्री तामाङले बताउनुभयाे ।

भीडभाड नहाेस् भनेर उमेर समूहमा खाेप लगाउने क्रम चलिरहेकाे भन्दै उहाँले भेराेसेल खाेप लगाएकालाई दाेस्राे डाेजकाे सुनिश्चित गरिसकिएकाे पनि बताउनुभयाे । मन्त्री तामाङले भन्नुभयाे – ‘आजबाट जसले खाेप लगाउनुभएकाे छ, उहाँहरुका लागि दाेस्राे डाेज सुरक्षित गरिएकाे छ ।’

नेपाली जनताको जीवन रक्षाका लागि सरकारले दिएकाे जिम्मेवारी जसरी पनि पूरा गर्ने प्रतिबद्धता पनि मन्त्री तामाङले जनाउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !