मेलम्चीमा बाढी,बगायाे प्रहरी चौकी
काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएकाे छ ।
शुक्रबार राति आएकाे बाढीले प्रहरी चाैकी र विद्यालय बगाएकाे छ । बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी र ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी बगाएकाे हेलम्बुका प्रहरी ईन्चार्ज सुनिल थापाले जानकारी दिनुभयाे । राति साढे ७ बजेपछि मंगलबार आएजत्तिकै ठूलाे बाढी आएकाे उहाँले बताउनुभयाे ।
स्थानीयलाई खबर गरेकाे केही समयमै ठूलाे बाढी आएकाले सबै सुरक्षित स्थानमा जान सफल भएका पनि उहाँले बताउनुभयाे । थापाका अनुसार हेलम्बुको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ बाढीबाट प्रभावित भएका छन् । साे क्षेत्रका केही पुल बगेका छन् । केही पुल जाेखिमममा छन् ।
बाढीले हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा पनि क्षति पुर्याएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘याे पुल भत्कियाे भने सम्पर्क सञ्जाल नै टुट्ने अवस्था छ ।’ उहाँका अनुसार चनाैटे बजारदेखि किउल सम्मका १ सय घर जाेखिममा परेका उहाँले बताउनुभयाे । चनाैटे बजारका ३९ घर पूर्ण रुपमा क्षति भएका छन् ।
चनाैटेदेखि किउल बजारसम्मकाे अवस्थाबारे जानकारी भएपनि त्यहाँभन्दा माथि आफूहरु पुग्न नसकेकाे उहाँले बताउनुभयाे । त्यहाँ नेटवर्कले पनि राम्राे काम नगरेकाे उहाँले बताउनुभयाे ।