३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भत्किँदै पाटी-पौवा

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ०७:१५


काठमाडौं । कुनै बेला पैदल यात्रीलाई बास र विश्राम दिने पाटी पौवा अहिले उपेक्षाको सिकार भएका छन् ।

काठमाडौंबाट पूर्वी नेपाल जाने पैदल मार्गको किनारमा ठाउँ ठाउँमा सार्वजनिक पाटी पौवाहरु निर्माण गरिएका थिए । पूर्वको भोजपुर, खोटाङ, सोलु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लाबाट काठमाडौं आउजाउ गर्ने मानिसहरु दिउँसो थकाई लाग्दा यिनै पार्टीमा विश्राम गर्दथे । हिँड्दा हिँड्दै रात पर्यो भने यिनै पार्टीमा बास बस्दथे ।

काभ्रे, सिन्धुली रामेछाप लगायतका जिल्लाका मूलबाटोको किनारमा रहेका यस्ता पाटी अहिले एकादेशको कथा जस्तै भएका छन् । बाटो छेउमा बनाएका यस्ता अधिकांश पाटी संरक्षणको अभावमा भत्किसकेका छन् ।

इतिहासका साँक्षी यस्ता पाटीको मर्मतमा स्थानीय सरकारको पनि ध्यान जान सकेन । अवशेषको रुपमा बाँकी रहेका केही पाटी पनि इतिहास मेटाउने तरखरमा छन् ।

सिन्धुलीको घुमाउने चैनपुरमा रहेको पाटी भत्किएर भग्नावशेष मात्र बाँकी छ । सो पाटी अमारेका थापाले बनाएको भनाइ छ ।

सिन्धुलीकै नेपालथोकमा रहेको पाटी पनि ढल्ने अवस्थामा पुगेको छ ।    बीपी राजमार्गको अधिग्रहण क्षेत्रभित्र रहेको सो पार्टीको मर्मतको लागि सरोकारवालाको ध्यान पुगेको छैन ।

सिन्धुलीकै चैनपुर र खाल्टेमा रहेका दुईटा पाटी चाहीँ स्थानीयले संरक्षण गरेका कारण इतिहास बोकेर उभिएका छन् । यी पाटी पनि नियमित मर्मत नहुँदा जिर्ण बनेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !