३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार ०४:२६


.

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएकाे छ ।

थप केही प्रावधानमा खुकुलाे पार्दै फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ ।

आज बस्ने बैठकले कुन-कुन क्षेत्र खुलाएर निषेधाज्ञा थप्ने भन्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सनराइज खबरलाई जानकारी दिनुभयाे । यसअघि आइतबार बसेकाे तीन वटै जिल्लाका प्रजिअहरुकाे बैठकमा जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने विषयमा छलफल भएकाे थियाे । साे विषयमा आज टुंगाे हुने प्रजिअ भट्टराईले जानकारी दिनुभयाे ।

यसअघि काठमाडाैं उपत्यकामा पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । पछिल्लो पटक थपिएकाे निषेधाज्ञामा निजी सवारीसाधन, ट्याक्सी तथा टुटल र पठाओलाई समेत जाेर-बिजाेरमा चल्न दिइएकाे थियाे । पसल-व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

काेभिड संक्रमण बढेपछि गत वैशाख १६ देखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !