आज धेरैजसाे ठाउँमा पानी पर्ने सम्भावना
काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेकाे छ ।
देशभर मनसुनी वायुको सक्रिय प्रभाव परेकाले धेरैजसाे ठाउँमा पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आजदेखि मनसुन थप सक्रिय भएकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली छ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परिरहेकाे महाशाखाले जनाएकाे छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा भारी ठूलाे पानी पर्ने सम्भावना छ ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा ठूलाे पानी पर्ने सम्भावना छ ।
ठूलाे पानी पर्ने सम्भावना भएका प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएकाे छ । ती क्षेत्रमा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आगामी २४ घण्टासम्म आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुराेध गरेकाे छ ।