३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शरणार्थी परिचयपत्र नवीकरण

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार ०५:५८


बागलुङ ।  ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो ।

बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिनुभयो । तिब्बतीहरु विसं ०१६ मा शरणार्थीका रूपमा ढोरपाटन पुगेका थिए । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सङ्ख्या घट्दो छ । शुरुका वर्षमा सयौं शरणार्थी परिवार त्यहाँ बस्थे । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् ।

सरकारले शरणार्थीको बसोबासका लागि अस्थायीरूपमा जग्गा व्यवस्थापन गरेको छ । शरणार्थीले आफ्नै कमाइ र मेहनतमा घर बनाएर बसेका छन् ।

दशकौं देखि यहीँको समुदायसँग घुलमिल भएर बसेका उनीहरुले नेपाली नागरिकताको माग गर्दै आएका छन् । भाषिक समस्याका कारण शरणार्थीका बालबच्चा भने पोखरा बसेर पढ्छन् । कतिपय शरणार्थी शहरी क्षेत्रमा पुगेर श्रम र रोजगरीबाट जीविका चलाउने गर्छन् ।

ढोरपाटनसहित देशका विभिन्न ठाउँमा तिब्बती शरणार्थी बस्छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !