३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

थपिए २६२२ संक्रमित, २२११ जना निकाे भए

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार १२:१९


काठमाडाैं । नेपालमा थप २ हजार ६ सय २२ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ७ हजार ४ सय ९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७ सय ४५ जनामा र ४ हजार २८ जनाको एन्टिजेन परीक्षणबाट ८ सय ७७ जनामा काेभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा २ हजार २ सय ११ जना संक्रमणमुक्त भएका मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा २३ जना संक्रमितकाे ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९ हजार २ सय ४८ पुगेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !