आज चीनबाट आठ लाख डाेज खोप आउँदै
काठमाडौं । चीनबाट आज थप ८ लाख डोज काेभिड विरुद्धकाे भेरोसेल खोप नेपाल ल्याईंदैछ ।
नेपाल वायु सेवा निगमको जहाजले आज दिउँसो ८ लाख डोज भेराेसेल खाेप ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खाेप लिन निगमकाे वाइडबडी जहाज बुधबार राति बेइजिङ गएकाे थियाे ।
खोप ल्याएर निगमकाे जहाज आज राति फेरि खोप ल्याउन बेइजिङ जाने कार्यतालिका छ । साउन ९ गते पनि निगमकाे जहाज चौथो खेपका लागि चीन जानेछ । साे जहाजले साउन १० मा खाेप नेपाल ल्याइसक्नेछ ।
केपी शर्मा ओली नेतृत्वकाे सरकारले चीनसँग ४० लाख डाेज खाेप किनेकाे थियाे । साे खाेपमध्ये असार २५ गते निगमकाे जहाजले पहिलाे खेपमा चीनबाट ८ लाख डोज खोप ल्याइसकेकाे छ । साे खाेप लक्षित समूहलाई लगाइसकिएकाे छ ।
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने बताइसकेको छ । केही दिनभित्रै अनुदान र किनेकाे गरी २५ लाख डोज भेराेसेल खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । चीनले यसअघि १८ लाख खोप अनुदानमा दिइसकेकाे छ ।