३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जडीबुटी र फलफूलका बिरुवा वितरण गरिन्दै

प्रकाशित मिति :  १० श्रावण २०७८, आईतवार ०६:३२


नारायणगढ । डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष ०७७ / ७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ । उहाँले डिभिजन वन कार्यालयले चालु आवमा दुई लाख पाँच हजार बिरुवा उत्पादन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फलफूल र केही जडीबुटीका बिरुवा खरीद गरेर ल्याई वितरण गरेका हौँ, अन्य बिरुवा डिभिजन वन कार्यालयले नै उत्पादन गरेको छ ।’ उहाँले डिभिजन वन कार्यालयमै एक लाख ७५ हजार बिरुवा र ३० हजार बिरुवा खैरहनी सबडिभिजन वन कार्यालयमा उत्पादन गरिएको जानकारी ।

सूचना अधिकारी खनालले भन्नुभयो, ‘कबुलियती वन, सामुदायिक वन र अन्य निजी संघसंस्थालाई बिरुवा वितरण गरेका छौँ ।’ उहाँले बिरुवा वितरण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

जिल्लामा चार सय ३१ कबुलियती वन र ९३ सामुदायिक वन छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !