३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भेरोसेल खाेपको दोस्रो डाेज आजदेखि देशभर लगाईंदै

प्रकाशित मिति :  २२ श्रावण २०७८, शुक्रबार ०२:१३


काठमाडौं । आजदेखि देशभर कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डाेज लगाईंदैछ ।

भेराेसेलकाे पहिलाे डाेज लगाएका लक्षित समूहलाई आजदेखि असार २४ गतेसम्म दाेस्राे डाेज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । गत असार २९ देखि भेराेसेल खाेपकाे पहिलाे डाेज लगाएका ५५ वर्ष माथिका नागरिकलाई आजदेखिदाेस्राे डाेज लगाउन थालिएकाे हाे ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकलाई पनि दाेस्राे डाेज लगाइने छ । ५५ वर्ष माथिका नागरिक र अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै खाेप केन्द्रकाे व्यवस्था गरिएकाे छ । पहिलो डाेज लगाएको २१ दिन पुगेपछि दोस्रो डाेज लगाउनुपर्छ ।

स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि मन्त्रालयले आग्रह गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !