८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिक पक्राउ

प्रकाशित मिति :  २३ कार्तिक २०७८, मंगलवार ०८:५४


काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्रेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारीका ४५ वर्षीय राजहरण साह छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ९ लाख ५० हजार रुपैयाँ जरिवाना गरेपछि फरार रहेका साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार दिउँसो काठमाडाैंकाे कमलपाेखरीबाट पक्रेको हो ।

उच्च अदालत पाटनको ०७७ माघ २६ को फैसलाअनुसार ७ दिन कैद र बिगोबमोजिम ९ लाख ५० हजार जरिवाना ठहर गरेपछि साह फरार थिए । साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको ब्यूराेले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !