१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानन्यायाधीश चोरबाटोबाट अदालतमा

प्रकाशित मिति :  २६ कार्तिक २०७८, शुक्रबार ०५:५९


काठमाडौं । ‘नबिराउनु, नडराउनु’ भन्ने नेपाली उखान छ ।

जब मानिसले बिराउँछ, त्यसपछि ऊ डराउँछ । गलत गर्ने मान्छे मूलबाटो हिँड्न सक्दैन । ऊ चोरबाटो प्रयोग गर्न लाग्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पनि शुक्रबार त्यस्तै गर्नुभएको छ । आफ्नै कार्यालय जानको लागि उहाँले मूलबाटो प्रयोग गर्न नसकेर चोरबाटो प्रयोग गर्नुभएको छ ।

प्रधानन्यायाधीशको राजीनामा र न्यायालयको विकृति विरुद्ध आन्दोलनरत नेपाल बार एशोसिएशन आवद्ध कानुन व्यवसायीलाई बिहीबार प्रहरीले हस्तक्षेप गरी घाइते बनाएपछि बारले शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा प्रवेश गर्न रोक लगाउने भन्दै बिहान १० बजे अघि नै अदलतको मूलगेटमा धर्ना दिएको थियो ।

वकिलहरुले आन्दोलन गरेपछि त्यसको सहजिकरण वा प्रतिवाद गर्न नसकेपछि राणाले चोरबाटो प्रयोग गर्नुभएको हो । प्रहरीको कडा सुरक्षा घेराबीच दोस्रोगेट अर्थात् चोरबाटोबाट राणा अदालत छिर्नुभएको हो ।

प्रधानन्यायाधीश चोरबाटोबाट अदालत छिरेपनि वकिलले मूलगेटमा धर्ना दिइरहेका छन् । उनीहरुले प्रधानन्यायाधीश विरुद्ध नारा लगाइरहेका छन् ।
बाहिर गेटमा वकिलहरुले नारा जुलुश गरिहेको बेला प्रधानन्यायाधीश अदालत भित्र छिरेर कुनै अर्थ राख्दैन । वकिलहरु अदालतका सहयोगी हुन् । उनीहरुले वहस नगरेपछि अदालतका कारबाही नियमित रुपमा अघि बढ्दैन ।

अर्कोतिर अहिले सर्वोच्च अदालतका न्यायाधीशले नै इजलास वहिष्कार गरेर प्रधानन्यायाधीशको विरोध जनाइ रहेका छन् । उहाँले भित्र पसेर जितको अनुभूत गरेपनि न्यायको अपेक्षा गरेका नागरिकलाई र न्याय सम्पादनको कामलाई यसले कुनै सहयोग गर्दैन । बरु अझ असयोग नै गर्छ ।

सर्वोच्च अदालतमा न्याय सम्पादनको काम १५ दिनदेखि ठप्प छ । यसको निकासको बारेमा सत्तारुढ दल र सरकारले कुनै छलफल समेत गरेको छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !