पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित
प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०५:५४
रामपुर । पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।
मतदाता नामावली संकलन गर्दा कार्यालयमा कोभिड- १९ संक्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । आजदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हँुदै आएको फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरिएको हो ।
फोटोसहितको मतदाता नामावली संकलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औंठाछाप लगाउनुपर्र्ने हुदाँ संक्रमणको जोखिम हुने भएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।
– रासस
0
Shares