१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह निर्वाचन बारे आन्तरिक छलफल भइरहेकाे छ- ज्ञानेन्द्रबहादुर कार्की

प्रकाशित मिति :  १२ माघ २०७८, बुधबार ११:३०


काठमाडौं । स्थानीय तह निर्वाचन बारे आन्तरिक छलफलमा नै रहेको सरकारले जनाएको छ ।

बुधबार सकारका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा जानकारी दिनुभयो । कार्कीले संविधान बमोजिम समयमै निर्वाचन हुने बताउनुभयो ।

कानुनविद्ले बाझिएका कानुन संशोधन गरेर संविधान अनुकूल बनाउन सुझाव दिएको र त्यस बारेमा सरकार परामर्शमा लागेको उहाँले बताउनुभयो ।

कार्कीले संसद्को गतिरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको पनि बताउनुभयो । उहाँले सदनलाई सुचारु गर्ने दायित्व सबैको भएको बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले विराटनगर खाने पानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै विद्युतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिन कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि बैठकले गरेको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने लगायतका निर्णय भएको कार्कीले जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !