सिके राउतका कार्यकर्तालाई कानुनी कारवाही गर्न राष्ट्रिय युवा संघ मधेश प्रदेशको माग
प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १४:१९
धनुषा । राष्ट्रिय युवा संघ, नेपाल मधेश प्रदेश कमिटीले सिके राउतका कार्यकर्ताले मेयर गणेश प्रसाईं, उपमेयर रेणुका पैडेलमाथि गरेको संघातिक आक्रमणको घोर भत्सना गरेको छ ।
आज एक प्रेस विज्ञप्ती निकाल्दै राष्ट्रिय युवा संघ मधेश प्रदेश कमिटीले सो भत्सना गरेको हो ।
शान्तिपुर्ण आन्दोलन गर्न पाउनु कानुनी व्यवस्था रहेपनी जनमतका कार्यकर्ताले मेयर उपमेयर चडेको गाडीमा तोडफोड गरेको भन्दै युवा संघले आज विज्ञप्ती निकालेको छ ।
विज्ञप्तीमा भनिएको छ—‘आन्दोलको नाउँमा भौतिक आक्रमण सरकारी गाडी तोडफोड गर्नै कार्यमा संलग्न जनमतका कार्यकर्तालाई तत्काल पक्रउ गरि कानुनी कारवाहीको लागि राष्ट्रिय युवा संघ मधेश प्रदेश कमिटी सम्बन्धित सरोकारवालसँग जोडदार माग गर्दछ ।’ भन्दै राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश ममिटीले विज्ञप्ती निकालेको छ ।
0
Shares