१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेकाे एमसीसीबारे पुरानै अडान

प्रकाशित मिति :  २ फाल्गुन २०७८, सोमबार ११:०६


काठमाडौं । नेकपा एमालेले एमसीसीबारे पुरानै अडान दाेहाेर्‍याएकाे छ ।

साेमबार नयाँ बानेश्वरमा बसेकाे संसदीय दलकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक विशाल भट्टराईले सत्ता गठबन्धनबाट एकीकृत धारणा नआउँदासम्म एमालेले ठाेस निर्णय नगर्ने बताउनुभयाे । एमसीसीबारे आफूहरु पर्ख र हेरकाे अवस्थामा रहेकाे जानकारी दिँदै भट्टराईले सत्ता गठबन्धनकाे धारणा आएपछि एमालेले राष्ट्रिय हितको पक्षमा निर्णय गर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘उहाँहरुले नै गरेकाे सम्झाैता हाे, हामीले सरकारमा रहँदा टेबुल गरेकाे मात्र हाे,सबैभन्दा पहिला उहाँहरुले एकीकृत निर्णय गर्नुपर्‍याे, जबसम्म गठबन्धनले एमसीसीबारे एकीकृत धारणा ल्याउन सक्दैन तबसम्म एमाले पर्ख र हेरको नीतिमा छ, आवश्यक परेको बेला राष्ट्रिय हितको पक्षमा, देश र जनताको पक्षमा एमाले उभिन्छ र एउटा निर्णय लिन्छ ।’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !