आज राति १२ बजे देखि संसद्को चालु अधिवेशन अन्त्य
प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार ११:४३
काठमाडाैं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।
संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रिय सभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रिय सभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।
नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।
–रासस
0
Shares