१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ नेपाल पर्साकाे जिल्ला अधिवेश कार्तिक १९ मा हुने

प्रकाशित मिति :  ३ आश्विन २०७९, सोमबार ०९:४८


पर्सा । राष्ट्रिय युवा संघ नेपाल पर्साकाे जिल्ला कमिटीकाे बैठकले पालिका र जिल्ला अधिवेशनकाे मिति ताेकेकाे छ ।

बैठकले जिल्ला अधिवेशन कार्तिक १९ गते गर्ने तय गरेकाे छ । त्यस्तै पालिका अधिवेशन कार्तिकका विभिन्न मितिमा गर्ने निर्णय गरेकाे छ ।

आजकाे बैठकले असाेज सात गते केन्द्रिय प्रचार बिभागको आयोजनामा काठमाडौंमा हुने केन्द्रिय भेलामा सहभागी हुने प्रतिनिधि छनाेट समेत गरेकाे छ ।

बैठकमा नेकपा एमालेबाट स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय युवा संघ नेपालले सम्मान समेत गरिएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !