वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने
प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ०४:००
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ ।
औषधि पसल हटाउन दिएकाे निर्देशन नमानेपछि महानगर आफैंले आज हटाउन लागेकाे हाे । महानगरले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो ।
आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैैले हटाउने तयारी गरेकाे छ ।
0
Shares