माओवादीका केही नेताले एकजना महिलाको जीवन बरबाद पारेको घटना सार्वजनिक भएपछि…
दमक । माओवादीका केही नेताले एकजना महिलाको जीवन बरबाद पारेको घटना सार्वजनिक भएपछि झापालीहरु स्तब्ध भएका छन् । माओवादीका प्रदेश एक कमिटी सदस्य दीपक फुयेंलले एक छोरीकी आमा तथा एकल महिला गंगा (नाम परिवर्तन)को जीवन बरबाद बनाएका हुन् ।
आफ्नो जीवन कसरी बरबाद बनाइयो भन्ने बारेमा गंगाले एक भिडियो अन्र्तवार्ता दिएकी छिन् । सो अन्र्तवार्ताको यो लिंकमा गएर हेर्न सकिन्छ ।
https://www.youtube.com/channel/UClTAf5OJwNRF4UILPYLl5-A
गंगालाई बलात्कार गरेर तथा छोरीलाई मारिदिन्छु भन्दै दीपकले तीन वर्षदेखि बलात्कार गर्दै आएका थिए । गंगा पनि माओवादीकी कार्यकर्ता हुन् । गंगाले पहिले पार्टीभित्र उजुरी गरिन् । झापाको दमक क्षेत्रमा प्रभावशाली मानिने गगन पुरी र उनको अति निकट भनेर चर्चित भूमिका कोइरालाको जोडीले दिपकलाई जोगाउँदै गंगाको जीवन बरबाद पारिदिएका हुन् ।
यौन मामिला, जग्गा ठगी तथा विभिन्न काण्डमा गगन र भूमिकाको जोडी बेलाबेलामा चर्चामा आइरहन्छन् । जग्गा ठगी काण्डमा अदालतले वारेन्ट जारी गरेपछि दुई वर्ष अघि गगन फरार भएका थिए । पछि उनी पक्राउ परेका थिए । काठमाडौंमा केही साता हिरासतमा बसेपछि गगन रिहा भएका थिए । उनी विरुद्ध अहिले पनि मुद्दा चलिरहेको छ ।
बलात्कारको अभियोग लागेका दीपक पनि विभिन्न ठगी काण्डमा पर्दै आएका थिए । विभिन्न प्रकरणमा गगन पुरी र दीपक फुयेंल मतियार भएको जानकारी प्राप्त भएको छ । उनीहरुलाई सघाउने व्यक्तिका रुपमा इक्सा लिम्बुको पनि नाम आउने गरेको छ ।
गंगाको जीवन बरबाद पार्नेमा इक्साको पनि नाम आउने गरेको छ ।
दीपकले बलात्कार पछि तीनपटक गर्भपतन गराएको गंगाले एक भिडियो अन्र्तवार्तामा आरोप लगाएकी छिन् ।
गंगामाथिको बलात्कार मुद्दालाई फितलो रुपमा अदालतमा पेस गराउन गगन पुरी, भूमिका र इक्सा लगायतका माओवादी नेताहरु खुलेआम रुपमा लागिरहेका छन् । गगन पुरी माओवादीको तर्फबाट क्षेत्र नम्बर ५ खबाट प्रदेश सभाका उम्मेदवार समेत छन् ।