१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले अध्यक्ष ओलीद्वारा सर्वसाधारणसँग टेलिफोन संवाद

प्रकाशित मिति :  ४ कार्तिक २०७९, शुक्रबार ०९:५९


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफाेन संवाद गर्नुभएकाे छ ।

नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर अध्यक्ष ‌ओलीले प्रत्यक्ष कुराकानी गर्नुभएकाे हाे । अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सर्वसाधारणसँग कुराकानी गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

सर्वसाधारणसँग करिब ४ घण्टा कुरा भएकाे र कुराकानीले आफू उत्साहित भएकाे अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ ।

नाम टिपाएका सबैसँथ क्रमश: कुराकानी गर्दै जाने उल्लेख गर्दै उहाँले लेख्नुभएकाे छ – ‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरेँ, तपाईंहरुसँग भएका कुराकानीले म उत्साहित छ, दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकाले मैले सबैसँग कुरा गर्न पाइनँ, म क्रमैसँग कुरा गर्दै जानेछु ।’

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव, घाेषणापत्रमा समेट्नुपर्ने विषय, युवाका मुद्दा लगायत समसामयिक विषयमा उहाँले कुराकानी गर्नुभएकाे सचिवालयले जनाएकाे छ । 


0
Shares

प्रतिक्रिया दिनुहोस !