वर्गर हाउसलाई महानगरले सल्लाह दियो, मिडियाले भ्रमक समाचार बनाए
काठमाडाैं । द बर्गर हाउस एण्ड क्रन्चि चिकेनको बारेमा केही मिडियाले भ्रमक समाचार प्रकाशन गरेका छन् ।
समाचारमा वर्गर हाउसमा कुहिएको मासु भेटिएको भनेर केही मिडियाले प्रकासन गरेका छन् ।
वर्गरका सञ्चालकले भने काठमाडौं महानगरपालिकाले मिति २०७९ कात्तिक १ गते बुधवार नयाँ बानेश्वर क्षेत्रमा रहेका रेष्टुराहरुको अनुगमन गर्ने क्रममा बर्गर हाउसमा पनि अनुगमण गरेको सत्य हो । तर, समचारहरुमा प्रकाशन र प्रशारण भएको जस्तो कुहिएको मासु भेटिएको कुरा तथ्यहिन हो भनेर भनेका छन् ।
विज्ञप्तिमा यस्तो भनिएको छ ः–
यस द बर्गर हाउस एण्ड क्रन्चि चिकेनको बारेमा केहि युटुव, अनलाइन टेलिभिजन र सामाजिक संजालहरुमा गलत र भ्रामक समाचारहरु प्रकाशित भएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सत्यतथ्य नबुझि एकतर्फि रुपमा समाचार प्रकाशन गरि उपभोक्ताहरुलाई दिग्भ्रमित गरेको प्रति कडा आलोचना गर्न चाहन्छौं ।
काठमाडौं महानगरपालिकाले मिति २०७९ कात्तिक १ गते बुधवार नयाँ बानेश्वर क्षेत्रमा रहेका रेष्टुराहरुको अनुगमण्न गर्ने क्रममा बर्गर हाउसमा पनि अनुगमण गरेको सत्य हो । तर, समचारहरुमा प्रकाशन र प्रशारण भएको जस्तो कुहिएको मासु भेटिएको कुरा तथ्यहिन हो ।
अनुगमण गरेको विषयलाई तोडमोड गरि एकतर्फि समाचार प्रकाशन गर्नु पत्रकारिताको आचारसंहिता विपरित भएको हाम्रो निश्कर्ष छ । त्यसैले यस्ता भ्रामक समाचार प्रकाशन र प्रशारण गर्नेहरु माथि छानविन गरी कानुनी कारवाही
गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।
अनुगमनमा खटिएको महानगरपालिको स्वास्थ्य विभागले समेत हाम्रो रेष्टुराबाट लगेको मासुमा कुनै खराबी नदेखिएको र रेष्टुराँमा राख्दा फिर्ता गर्नुपर्ने र उपभोक्तालाई खुवाउने छुट्टाछुट्टै राख्न भनि निर्देशन गरिसकेको अवस्थामा
समेत गलत मनसायले समाचार प्रकाशन ÷ प्रशारण हुनुमा गम्भिर ध्यानाकर्षण भएको छ ।
उपभोक्ता भनेको हाम्रै परिवार हो, परिवारको स्वास्थ्य हाम्रो स्वास्थ्य हो, त्यसैले वर्गर हाउसमा आउने ग्राहकहरुलाईस्वस्थ्यकर परिकार खुवाउने प्रतिबद्धता सदैव रहन्छ । यस्ता गलत र भ्रामक समाचारका पछि नलागिदिन समेत आम उपभोक्ताहरुलाई अनुरोध गर्दछौं ।
समाजको सर्वाङ्गिन विकास र सामाजिक न्याय तथा परिवर्तनको सन्दर्भमा संचार माध्यम र संचारकमीको अहम भूमिका रहने कुरा प्रष्ट छ । संचार माध्यममा प्रकाशन तथा प्रसारण भएका सूचनाको प्रभाव सदैव सत्य, विश्वसनीय
तथा तथ्यमा आधारित हुन्छ भन्नेमा हामी अझै सम्म पनि विश्वस्त छौ । देशका कुना कन्दरामा बसेका जनता समक्ष सूचनाको सरल र सर्वसुलभ पहुँच स्थापित गर्ने कार्यमा समेत संचार क्षेत्रको उल्लेखनीय योगदान छ ।
राज्यको चौथो अङ्गको रुपमा हेरिएको संचार क्षेत्र र संचारकर्मीहरुसँग मित्रवत सम्बन्ध स्थापित गर्दै नागरिक सेवामा सहकार्य गर्दै रहेकोमा यस वर्गर हाउसको बारेमा प्रकाशित समाचार बिल्कुलै गलत, आधारहिन, मनगढन्ते र तथ्यको भ्रष्टीकरण
रहेकाले यसले संस्थागत चरित्र साथै पेशागत आचरणको सम्बन्धमा समेत आम नागरिक बीच गलत सन्देश प्रवाह भएकाले यो विज्ञप्ति प्रकाशित गर्न बाध्य भएका छौ ।
उक्त सञ्चारमाध्यमहरुमा संस्थागत तथा व्यवसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने, आम जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने र चरित्रहत्या गर्ने उद्देश्यले समाचार लेखनको सिद्धान्त विपरित कपोकल्पित झुठा विवरण समावेश गरि सुनियोजित रुपमा प्रकाशन गरिएको समाचारको सम्बन्धमा प्रेस काउन्सिल नेपाल र संचार माध्यमसँग सम्बन्धित सबैको ध्यानाकर्षण होस भन्ने अपेक्षा राखेका छौ ।
तथ्य र आधारहिन विषयको उक्त समाचार सम्बन्धमा प्रकाशन गृहले समेत उल्लेखित विषयवस्तुको सत्य, तथ्य रवास्तविकता साथै स्रोतको परिक्षण समेत नगरी एकतफी रुपमा प्रकाशन गरेको हुंदा यसले आत्मसम्मान, इज्जत,
प्रतिष्ठा साथै व्यवसायिक तथा सामाजिक जीवनमा समेत आंच पुर्याएको छ ।
समाचार कपोलकल्पित र भ्रामक त छदैछ, किन्तु यो आत्मनिर्भर साना व्यवसायी र जनताको मनोवैज्ञानिक भरोपामाथि नै प्रहार गर्ने कोणबाट आएकोले घातक र आम रूपमै सम्बेदनशील पनि छ । एक जिम्मेवार व्यवसायी र करदाताको रूपमा हामीले उक्त मिडियाको असावधानी र सचेतनाको उपज भनेर नै लिनु पर्दछ ।
यो समाचार पुष्टि नहुँदा हजारौं जनाले शेयर गरेको समाचारले आम जनमानसको व्यवसायी, रेष्टुरेन्ट व्यवसाय र समग्र राज्य प्रणाली माथि कस्तो धारणा बन्छ ? अपुष्ट समाचारले समाजको मनोविज्ञान नै आपराधिक क्रियाकलाप
तर्फ धकेल्न मद्धत गर्छ कि गर्दैन ? राज्यको चौथो अङ्गले अको एउटा संगठनको बदनाम गर्ने उद्देश्यमा प्रेरित हुनु कतिको न्यायोचित छ ? भनेर विज्ञ्यप्तिमा भनिएकाे छ ।