१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज कुकुर पूजा गरिँदै

प्रकाशित मिति :  ७ कार्तिक २०७९, सोमबार ०४:३६


काठमाडौं । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज कुकुर पूजा गरिँदै छ ।

पूजा आराधनासहित कुकुरलाई मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी आज कुकुर तिहार मनाउन लागिएकाे हाे । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने समितिले जनाएकाे छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेह जस्ता रोग नलाग्ने वैज्ञानिक मान्यता समेत छ । काग र कुकुरलाई यमदूतका रूपमा समेत मानिन्छ ।

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गइ स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि समेत छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !