तीन स्वतन्त्र सांसद्को पनि प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन
प्रकाशित मिति : १० पुष २०७९, आईतवार १२:३३
काठमाडाैं । तीन स्वतन्त्र सांसद्को पनि प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन रहेकाे छ ।
स्वतन्त्र सांसद्हरु प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले प्रधानमन्त्रीमा पुष्पकमल दहाल प्रचण्डलाई समर्थन गर्नु भएकाे हाे ।
नेकपा एमाले सहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीकाे प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न लाग्नुभएकाे हाे ।
0
Shares