गृहकाे प्रमुख सल्लाहकार काे ? चर्चामा देवेन्द्र बजगाईं
काठमाडाैं । गृह मन्त्रालयकाे जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लिएसँगै गृहमा प्रमुख सल्लाहकार काे ? भन्ने चर्चा चल्न थालेकाे छ ।
प्रहरी प्रशासन भित्रको वेथिति, लागु पदार्थ, चोरी तस्करी नियन्त्रण, भद्रगाेल गृह प्रशासन सुधारका लागि गृह सम्हाल्न पुग्नुभएका लामिछानेकालाई सुरक्षा विज्ञ प्रमुख सल्लाहकारकाे खाेजि भइरहेकाे छ ।
लामिछाने गृहमन्त्री भइरहँदा प्रमुख सल्लाहकारमा चर्चा चलेकाे नाम देवेन्द्र बजगाईं हाे ।
बजगाईं रास्वपाका पार्टीका नेता हुनुहुन्छ । सम्पन्न निर्वाचनमा बजगाईंलाई पार्टीले निर्वाचन परीचालन कमिटिको सह-संयोजकको जिम्मेवारी दिएकाे थियाे । पार्टी सभापति रवि लामिछानेको चितवन, झापा, काठमाण्डौं दाैडाहका बेला पनि भिडलाई व्यवस्थापन साथै लामिछानेकाे सुरक्षाका लागि बजगाईंसँगै हुनुहुन्थ्याे ।
नीजी तवरबाटै सुरक्षा क्षेत्रमा लामाे समय देखि काम गर्दै आउनुभएका बजगाईंलाई प्रमुख सल्लाहकार बनाउन पार्टी भित्रबाटै चर्चा चल्न थालेकाे छ ।
सुरक्षा सम्वन्धी विभिन्न किसीमका तालिम लिनुभएका बजगाईंसँग आधुनिक हातहतियार सम्बन्धी पनि राम्राे ज्ञान भएको बताइन्छ ।
मलेशिया, कतार, दुवइ, भारत, श्रीलंका, पाकिस्तान, सुडान, फिलिपिन्स, घाना, युगाण्डा लगायतका अफ्रिकन मुलुकका सरकारी तथा अर्ध सरकारी विशेषज्ञहरु सँग राम्रो सम्बन्ध बनाउनु भएका बजगाईं हाल मलेशिया, कतारका सरकारी उच्च सुरक्षा पदाधिकारीका विश्वासीलो पात्र मानिने बताइन्छ ।
उहाँको सुरक्षा सम्बन्धी विज्ञतावाट प्रभावित भएर गत वर्ष युरोपियन युनियनका रक्षा विशेषज्ञहरु नेपाल नै आएर भेटेका थिए ।
चुनाव अवधि भरी सभापति लामिछानेकाे सुरक्षा कवच बनेका बजगाईंलाई गृहकाे सल्लाहकार बनाउनु पर्ने भन्दै लामिछानेलाई सुझाव दिन थालिएकाे रास्वपाका नेताहरुकाे भनाइ छ ।